काठमाडाैं आइपुग्याे सेनाकाे नयाँ विमान, कति पर्छ मूल्य ?

लाेकपाटी न्यूज

काठमाडौं। नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान शनिबार काठमाडौँ ल्याइएकाे छ । सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको उक्त विमान शनिवार विहान काठमाडौं ल्याइएकाे हाे।

नेपाली सेनाका अनुसार विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौँका लागि उडेको थियो । विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँग ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड रुपियाँ) सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उक्त विमान बहुउपयोगी छ । यो विमानबाट विशिष्ट व्यक्ति (भीभीआईपी)को हवाई यात्रादेखि कार्गो सुविधा समेत सञ्चालन गर्न सकिने जनाइएको छ । नेपाली सेनासँग हाल १२ वटा सञ्चालनमा र १५ वटा ग्राउन्डेट गरी २७ वटा हवाई साधन छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्