काठमाडौं, १४ कात्तिक । पूर्वसभामूख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी प्रयासको आरोप लागेका महराविरुद्ध मुद्दा चलाउने निर्णयमा पुगेको सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले जानकारी दिए।
केहीबेरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको उनले बताए। महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धि दफा आकर्षित हुने गरि अभियोगपत्र तयार गरिएको छ।
आफ्नै सचिवालयमा कार्यरत महिलामाथि जवर्जस्ती करणी प्रयास गरेको अभियोग महरामाथि लागेपछि असोज १९ गते उनी पक्राउ परेका हुन्।



लाेकपाटी न्यूज

