काठमाडाैं। कुकुर हामी जसरी बोल्दैन । आफ्नो पीर मर्का सुनाउँदैन । दुःख विलौना गर्दैन । तर, कुकुरमा संवेदना नहुने होइन ।
मान्छे जस्तै कुकुर पनि खुसी हुने, रिसाउने आदि गर्दछ। एक बफादार र आज्ञाकारी प्राणीकाे रुपमा मान्छेहरुले आ–आफ्नाे घरमा कुकुर पालेका हुद्दछन्। कतिपयले त शाेखकै लागि पनि धेरै मूल्यका कुकुर पालेका हुन्छन्।
खासमा कुकुर कस्तो प्राणी हो ? यस सम्बन्धि केही रोचक तथ्य यस्ता छन्ः
१. संसारमा करिब ४० करोड कुकुर र उनीहरुको सयौं नश्ल छन् ।
२. कुकुरलाई ब्वाँसोको सन्तान मानिन्छ। तिनीहरूको डीएनए ९९ प्रतिशत ब्वाँसाहरूसँग मिल्दोजुल्दो हुन्छ ।
३. कुकुरको औसत आयु लगभग १० देखि १४ वर्षसम्म हुन्छ । तर, उनीहरुको दिमाग २ वर्षको मान्छेको बच्चाको जत्तिकै हुन्छ ।
४. सामान्यतया साना नस्ल भएका कुकुरहरूको जीवन ठूला नस्ल भएका कुकुरहरूको भन्दा लामो हुन्छ ।
५. घरपालुवा कुकुरहरुको आयु अवधि अन्य कुकुरहरुको भन्दा लामो हुन्छ ।
६. मानवहरुको औलाको निशान जस्तै दुई कुकुरहरू चिन्नको लागि उनीहरुको नाकको निशान प्रयोग गरिन्छ ।
७. कुकुरको अध्यारो र बिहानमा हेर्ने क्षमता एकदम राम्रो हुन्छ ।
९. अँध्यारोमा, कुकुरहरूले हावाको प्रवाहमा सूक्ष्म परिवर्तनबारे जानकारी लिनको लागि आफ्नो जुँगाको प्रयोग गर्ने गर्दछन् । त्यही जुँगाले उनीहरुलाई वातावरणको राम्रो ज्ञान दिन्छ र तिनीहरूलाई अन्धकारमा हेर्न समेत मद्दत गर्दछ।
१०. कुकुरको बच्चाको २८ वटा र वयस्क कुकुरको ४२ वटा दाँत हुन्छ ।
१०. कुकुरको आँखाको तीनवटा ढकनी हुन्छ, जसमध्ये एउटाको काम आँखा ओसिलो र सुरक्षित राख्नको लागि हो।
११. जहाँ मानव शरीरको सामान्य तापक्रम ९७ /९९ फरेनहाइट हुन्छ । त्यो बेलामा कुकुरको शरीरको तापक्रम १०१ डिग्री हुने गर्दछ । यदि कुकुरको शरीको तापमान ९९ डिग्रीदेखि तल जान्छ । या त १०४ डिग्री फरेनहाईट भन्दा माथि भयो भने त्यो स्वास्थ्यको लागि गम्भीर हुन्छ । त्यस्तो अवस्थामा तुरुन्त डाक्टर कहाँ लैजानु पर्छ ।
१२. कुकुरहरू राम्रोसँग पौडी खेल्न सक्ने स्वभावका हुन्छ ।
१३. कुकुरको मस्तिष्क मानवीय मस्तिष्कको आकारको दश भागको एक भाग मात्र हुन्छ।
१४. कुकुरको गन्ध लिन सक्ने क्षमता मानिसको तुलनामा १० हजार गुणा हुने गर्दछ ।
१५. कुकुरको नाकको दुबै छिद्रमा एउटा यस्तो स्थान हुन्छ । जहाँ एकदमै धेरै गन्ध संवेदनशील कोशिकाहरु हुन्छ । यसलाई किमोरिसेप्टर भन्ने गरिन्छ ।
१६. कुकुरको श्रवण शक्ति मानिसको तुलनामा ५ गुणा बढी हुने गर्दछ ।
१७. एउटा कुकुरले एक सेकेन्डमा ६/१०० हिस्सामा ध्वनिको स्रोत पत्ता लगाउन सक्छ ।
१८. कुकुरले पनि मानवले जस्तो सपना देख्न सक्छन्। निदाएको बेला तिनीहरूको खुट्टा सारिरहनु यो उनीहरूको सपनाको संकेत हो।
१९. कुकुरहरूको पनि मानवको जस्तै जत्तिकै देब्रे र दायाँ हात छन्।
२०. कुकुरको प्रजनन अवधि करिब नौ हप्ताको हुन्छ ।



लाेकपाटी न्यूज

