जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

लाेकपाटी न्यूज

बनेपा, ९ कात्तिक। बनेपा नगरपालिका ५ को आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा वडाभित्रका २३३ ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ।

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको उपलक्ष्यामा ‘पूर्वीय दर्शन र आयुर्वेद चिकित्सा सम्बद्ध एवं स्वस्थ नेपालको आवश्यक्ता’ भन्ने नारासाथ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, पोषण आहार तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।

सो क्रममा वडाभित्रका २३३ ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै पोषण आहार वितरण तथा सम्मान गरिएको वडाध्यक्ष बलराम अधिकारीले बताए।

‘ज्येष्ठ नागरिकको रक्तचाप, गानोगोला, पेटको समस्या र नशासम्बन्धी समस्याको परीक्षण गरिएको छ’, अध्यक्ष अधिकारीले भने ‘परीक्षण गरिएकामध्ये केहीको थप उपचारका लागि जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रले व्यवस्था मिलाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्