भारतीय नागरिक भएको प्रमाणित गर्न नेता कंडेलको चुनौती

Devendraraj kadel
लाेकपाटी न्यूज

काठमाडौं, ६ कात्तिक। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलले आफू भारतीय नागरिक भएको प्रमाणित गर्न चुनौति दिएका छन्।

आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेता कंडेलले समाचारहरुमा आएजस्तो भारतीय नागरिकता नभएको बताएका हुन्।

भारतीय नागरिकता भएको भनि आएको समाचारको खण्डन गर्दै कंडेलले आफ्नो नाममा भारतीय भूमिमा कुनै जमिन वा मतदाता परिचयपत्र भएको प्रमाणित गर्न चुनौती दिए।

नेता कंडेलले नवलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी हजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको उनले बताए।

पत्रकार सम्मेलनमा नेता कंडेलले आफूसँग भारत सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र भने रहेको बताएका छन्। अहिले भएको सवारी चालक अनुमतिपत्र भारतमा अध्ययन गरेको समयमा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा बनाएको बताए।