आङ सान सुकीको नेपाल भ्रमणको तयारी

aang sang suki
लाेकपाटी न्यूज

काठमाडौं, ४ कात्तिक। म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकीको नेपाल भ्रमणको लागि सरकारले तयारी सुरु गरेको छ।

आज राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सुकीले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहाना राष्ट्रपति समक्ष व्यक्त गरेकाले सरकारले सो भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको जानकारी दिएका हुन्।

राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूकीले नेपाल भ्रमण वर्ष २०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको हो।

म्यानमारका स्टेट काउन्सिलर सुकीले नेपाल भ्रमण वर्षको प्रमोशन गर्न नेपाल आउने चाहना व्यक्त गर्नु भएको छ,’ सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्ञवालीले भने ‘हामीले सो भ्रमणका लागि प्रबन्ध मिलाउनेछौं।’
मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको बताए। उनले नेपालले कसैको दवाबमा परेर कुनै पनि सन्धि र सम्झौंता नगर्ने बताए।