काठमाडौं, ३ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी जापान प्रस्थान गर्ने भएकी छन्।
म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको राजकीय भ्रमण पूरा गरी भण्डारी आज जापान प्रस्थान गर्ने भएकी हुन्।
थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट नाेरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।



लाेकपाटी न्यूज

