दाइजो र अंशमा भालु र सर्प पाएपछि…

लाेकपाटी न्यूज

काठमाडाैं। विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानूनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन भन अझै हटिसकेको छैन ।

तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् ।

सिरहा सुखीपुर –८ का साविरले छोराहरुलाई पनि भालु नै अंश दिए । बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुख्र्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्