किसानका समस्याबारे सांसद अथकद्वारा कृषिमन्त्रीकाे ध्यानाकर्षण

pic 1
लाेकपाटी न्यूज

काठमाडौं, १ कात्तिक। बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ले बाँकेका किसानहरुको धानबालीमा लागेको फौजिकिराको संक्रमणलाई निर्मुल गर्न कृषि मन्त्री चक्रपाणी खनालसँग छलफल चलाएका छन्।

पछिल्लो समय बाँकेमा फौजिकिराको संक्रमणले धानबाली नस्ट हुँदै गएको प्रति चासो देखाउँदै सांसद अथकले कृषि मन्त्री खनाललाई भेटी फौजिकिरा नियन्त्रण गर्नुका साथै पिडितहरुलाई राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

तराईका विभिन्न जिल्लामा फौजिकिराले धानबालीमा ठूलो क्षती पु¥याएको विभिन्न सञ्चार माध्यमबाट जानकारी प्राप्त भएको भन्दै अथकले उक्त विषयलाई चासोका साथ हेरिरहेको बताएका छन्।

आफूसँगको भेटका क्रममा मन्त्री खनालले पहिलो पटक नेपालमा फौजी किराको संक्रमण देखिएको र यसको सामाधान छिट्टै खोजिने बताएको सांसद अथकले जाकारी गराए। फौजिकिराको संक्रमणबाट भएको क्षतिको तथ्यांक संकलन गर्न मातहत कार्यालयलाई निर्देशन दिने मन्त्री खनालले बताएका छन्।

यसैबीच ५ नं. प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले फैजिकिरा प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेकी छन्। काट्ने बेलाको धानमा एक्कासी फौजिकिराको प्रकोप देखिएपछि स्थलगत अनुगमनमा गएकी उनले फौजिकिरा प्रभावित किसानका लागि संघ, प्रदेश र स्थानीय सरकारले राहात प्याकेज उपलब्ध गराउन पहल गर्ने बताइन्।

बाँकेको बैजनाथ, राप्ती सोनारी, डुडुवा, जानकीलगायतका गाँउपालिका र नेपालगन्ज उप–महानगरका केही वडामा गरिएको धानखेतीमा फौजिकिराको प्रकोप देखिएको छ।बाँकेमा करिव १६ हजार हेक्टर बराबरको धानवालीमा फौजिकिराको संक्रमण देखिएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्