एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न

nrn-chunab
लाेकपाटी न्यूज

काठमाण्डौं, ३० असोज। गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका मतदान सम्पन्न भएको छ। बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुकी साढे पाँच बजे सकिएको हो।

२५ सय मतदाता रहेकोमा झण्डै २३ सय मत खसेको अनुमान गरिएको निर्वाचन समितिका प्रवक्ता भूषण घिमिरेले जानकारी दिए। अहिले मुचुल्का उठाउने काम भैरहेको छ । आज मतगणना हुने सम्भावना न्यून रहेकोे पनि घिमिरेले बताए।

४२ पदका लागि बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि विवादका कारण बिहीबारलाई सारिएको हो। यसैबीच ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ सुरु भएको गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को नवौँ विश्व सम्मेलन बिहीबार सकिँदैछ।

सम्मेलनमा ८१ देशका प्रतिनिधिसहित २५ सयभन्दा धेरै सहभागी रहेको एनआरएनएले जनाएको छ । संघको अध्यक्षमा कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्