म्यान्मामा राष्ट्रपति भण्डारीः आजको कार्यतालिका के छ ?

Bidhya_Devi_Bhandari
लाेकपाटी न्यूज

काठमाडौं, ३० असोज। म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज भेटवार्तामा व्यस्त हुने भएकी छन् ।

राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति ऊ विन मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुँदैछ। राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्नेछिन्।

बिहीबार नै म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नेछन्।

त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ। यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र संघका राष्ट्रपति मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार म्यान्मा भ्रमणमा गएकी थिइन्। राष्ट्रपति भण्डारी कात्तिक ३ गते स्वदेश फर्किने छिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्