काठमाडौं। काठमाडौंंवाट प्रकाशित हुने ‘दृष्टि अनलाइन’ले मिति २०७६ असोज २७ गते ‘एसपीका कारण मेयरको बदनाम’ भन्ने शीर्षकमा प्रकाशित भ्रामक, तथ्यहीन समाचार प्रति जिल्ला प्रहरी कार्यालय चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।
समाचारमा उल्लेख भए अनुसारको यस जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमूख दानबहादुर मल्लबाट कुनै पनि प्रहरी कर्मचारीलाई मातहत प्रहरी चौकीहरुमा पठाउँदा घुस लिने, पैसा उठाउन बिचौलीया प्रयोग गर्ने गरेको भन्ने खबरमा कुनै सत्यता नभएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले सूचना निकालेको छ। सूचनामा भनिएको छ,–मातहत प्रहरी चौकीहरुबाट आवश्यकता अनुसार इञ्चार्ज बेलाबेलामा फेरबदल गरिरहनु पर्ने भएकोले उक्त समाचार प्रति विश्वास नगर्नु हुन सबैका लागी यो सूचना प्रकाशित गरिएको छ ।
चितवन प्रहरीले गरिरहेको कामकारबाहीलाई नै प्रभावित पार्ने उद्देश्यले प्रकाशित यस्ता असत्य समाचारका कारण समग्र रूपमा प्रेस जगत समेत बदनाम बनाइरहेको सूचनामा उल्लेख छ।
चितवन प्रहरी कार्यालयले सूचनामार्फत् यस्ता झुठा समाचार प्रकाशित गरेर प्रहरीको मनोबल गिराउने र चरीत्र हत्या गर्ने गिरोह जिल्लामा सक्रिय रहेकोले त्यस्तो काम नगर्न र त्यस्ता कुनै पनि सूचना भए तत्कालै प्रहरीलाई जानकारी गराएर सहयोग गर्न सबैमा अनुरोध समेत गरेको छ।
अप्रवाह र पुर्वाग्रह ढंगले समाचार प्रकाशित गर्न लगाउने ब्यक्तिहरुमाथि समेत प्रहरीले आवश्यक निगरानी एवं अनुसन्धान गरिरहेको र त्यस्ताको नजिक समेत पुगिसकेकोले सबैलाई सचेत रहन चितवन प्रहरीले अपिल गरेको छ।



लाेकपाटी न्यूज

