एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट पाकिस्तान जाने पानी रोक्ने बताएका छन्। प्रधानमन्त्री मोदीले हरियाणाबाट पाकिस्तान जाने पानी रोकेर सिँचाइका लागि हरियाणाका किसानलाई दिने बताएका हुन्।
हरियाणाको दादरीमा एक चुनावी र्यालीको सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘जुन पानी हरियाणाको किसानलाई मिल्नुपर्ने हो त्यो पानी पाकिस्तान गइरहेको छ।
जुन ७० वर्षदेखि भइरहेको छ अब म यस्तो हुन दिने छैन। यो पानी भारत र हरियाणाको किसानको हो।’ प्रधानमन्त्री मोदीले यसका लागि काम पनि सुरु गरेको बताएका छन्।



लाेकपाटी न्यूज

