काठमाडौं, २९ असोज । जनगायक जीवन शर्मा यतिबेला छोराको अत्यन्तै पीडामा छन्। खाना खाने क्रममा हड्डी निलेपछि शर्माका २९ वर्षीय छोरा अमृत आचार्य सघन उपचारमा छन्। त्रिवि शिक्षण अस्पतालमा उनको पहिलो चरणको शल्यक्रिया सकिएको छ।
अन्न नली काम नलाग्ने भएपछि आमाश्य काटेर अन्नली बनाउनेबारे चिकित्सकले तयारी थालेको गायक शर्माले जानकारी दिए।
उपचारका लागि आर्थिक कठिनाई हुँदै आयो, ऋण खोजेको रकमले पनि पुग्ला जस्तो छैन, साथी भाईले सद्भाव राखेर दिएको रकम लाज नमानी हात थाप्ने गरेको छु।
जीवनभरी आर्थिक लोभ नगरी जनताको गीत गाएर हिंड्ने जीवन शर्माको यहि भनाइ थियो। यतिबेला गायक शर्मा अत्यन्तै पीडामा छन्।



लाेकपाटी न्यूज
