काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन चरम् राजनीतिकरण भएको भन्दै संघका संस्थापक अध्यक्ष तथा प्रमूख संरक्षक डा. उपेन्द्र महतोले साे सम्मेलन बहिष्कार गरेका छन्।
संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण गर्दै भातृ संगठन जस्तो बनाउन खोजिएकोले आफूले सम्मेलन बहिस्कार गरेको महताेले बताए।उनले राजनीतिक गर्नुहुन्न चुनाव लड्नु हुन्न भनेर आफूले नभनेकाे बताउँदै एनआरएनलाई यसकै रुपमा दिन र राजनीतिक प्यानल नबनाउँन आग्रह गरे। विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठनलाई कुनै पार्टीको भातृ संगठन जस्तो बनाउन नहुने उनको तर्क छ।
उनलेले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए। त्यति बेला उनले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोट गन्ने काम गर्न नहुने तर्क गरेका थिए। महतोले आफू चुनावको विरोधी नभएको पनि स्पष्ट पारेका छन्। उनले भन्ने गरेका छन्,‘म चुनावको विरोधी होइन, सकेसम्म चुनाव गर्नुहुँदैन। यदि चुनावमै जानुपरे त्यो चुनावमा राजनीतिक खास गरी विशेष दलगत राजनीतिक हाबी गराउनु हुँदैन।’
‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २८ सय प्रतिनिधि सहभागी छन्। विभिन्न १४ पदका लागि ४२ जना चुनिनेछन्। मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ। आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।



लाेकपाटी न्यूज

