काठमाडौं, २७ असोज। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामूख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ। मंगलबार साढे ११ बजे उनलाई सरकारी वकिलको कार्यालमा लगिएको हो। उनीमाथि थप अनुसन्धानका लागि म्याथ थपको माग गर्ने तयारी गरिएको छ।
गत असोज १९ गते आइतबार पक्राउ परेका उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराइएको हो। दशैं विदा सकिएपछि हिजो सोमबार उनलाई अदालत उपस्थित गराइने तयारी गरिएकोमा हिजो पनि अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको छ।
महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। महिलामाथि गरेको यो दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले त्यसको भोलिपल्टै सभामूख पदबाट राजीनामा दिएका थिए। प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।



लाेकपाटी न्यूज

