कसरी खुसी हुने ? अपनाउनुहाेस् यी सात तरीका

happy-nepal people
लाेकपाटी न्यूज

काठमाडाैं। हरेक मान्छे खुसी हुन चाहन्छन् तर चाहेको जस्तो खुसी हुन सकिरहेका हुदैनन्। पार्टनर, अभिभावक र साथीसंगीले पनि आफ्नो प्रिय मान्छेलाई खुसी राख्न चाहन्छन् तर विविध कारणबश ऊ र उनी खुसी नहुन सक्छ। त्यसकारण खुसी हुनका लागि स्वयम् आफैले केही उपाय अपनाउनुपर्ने हुन्छ।

खुसी हुने उपायः

ध्यान

ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। मानिसलाई शान्त बनाउँछ। ध्यानले सकारात्मक ऊर्जासमेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुसी हुन्छन्।

मुस्कान

मुस्कानले मानिसलाई खुसी बनाउँछ। सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित पनि गर्छ। मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ। बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ।

मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ। मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ। हाम्रो सोच्ने शक्तिमा वृद्धि गराउँछ । जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ।

मस्त निन्द्रा

मस्त निदाउने मानिस बढी खुसी हुने गरेको देखिएको छ। मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञहरु बताउँछन्। कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने अनुसन्धानले देखाएको छ।

परिवार र साथीसँग रमाउने

घरपरिवार र साथीभाइसँग समय बढी बिताउने मानिस धेरै खुसी हुने गरेका छन् । साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सम्बन्ध बलियो बन्छ। आपतविपतमा सहजै सहयोग पाइन्छ र दुःखी हुनुपर्ने अवस्था आउँदैन। सामाजिक सम्बन्ध बलियो भएको मानिसले सबैको साथ र सहयोग पाउँछ। उसले एक्लो महसुस गर्नुपर्ने अवस्था नआएपछि खुसी स्वतः प्राप्त हुन्छ ।

यात्रा/भ्रमण

अमेरिकन मेट्रोलोजिस्ट एशोसिएसनले प्रदूषित वातावरणका कारण बढ्दै गएको तापमानले पनि मानिसमा बढी वितृष्णा हुने गरेको बताएको छ। स्वच्छ हावामा घुम्दा सकरात्मक ऊर्जा प्राप्त हुन्छ। स्वच्छ हावामा घुम्न निस्कँदा आनन्द महसुस हुने भएकाले खुसी प्राप्त हुन्छ ।

व्यायाम

व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो। व्यस्त मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँ ? जम्मा ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुसी रहन सकिन्छ । व्यायामले मानिसलाई आनन्दित बनाउँछ। स्मरण शक्ति बढाउँछ। स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ।

साथ सहयोग

अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ। सहयोग गर्दा खुसी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो। ‘कन्सर्ट, घडी, जुत्ता लगायतका वस्तुमा खर्च गर्ने मानिस र सामाजिक काममा दान गर्नेहरुमा अध्ययन गर्दा सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले अरुले सहयोग पाएकोमा औधी खुसी थिए,’ द एड्भान्टेज अफ ह्याप्पिनेस पुस्तकमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्