बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी

Buddha Air
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २७ असोज। नेपाल वायुसेवा सञ्चालक संघले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई सात दिनभित्र कानूनी कारबाही नभए सबै उडान बन्द गर्ने चेतावनी दिएको छ।

उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यदि कारबाही नभए असुरक्षाको कारण उडान बन्द गरिने जानकारी गराएको छ।

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड गरेको संघले आरोप लगाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्