प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच १५ मिनेट भेटवार्ता

लाेकपाटी न्यूज

काठमाडौं, २६ असाेज। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ ।

नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता सुरु भएको हो ।

भेटवार्ता १५ मिनेट लामो हुने जनाइएको छ । सो भेटपछि राष्ट्रपति स्वदेश प्रस्थानका लागि विमानस्थलतर्फ लाग्नेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्