सुनेको छु,
तिमीले नेपाल भ्रमण
गर्न लागेको यो पहिलोपटक हो,
तर छिमेकी देशको राष्ट्रप्रमूख
भएको नाताले
तिमी हामीसँग भने अपरिचित छैनौ,
हामी आतुर छौं
अतिथि देवो भवःका भावले
तिमीलाई स्वागत गर्न,
सँगसँगै आतुर छन्
यी शानदार खोला पहाड र तालहरु
तिम्रो जयजयकार गर्न।
यो भगवान बुद्ध र सगरमाथाको
देशका
ढिकी,जाँतो,बिस्कुन र पँधेरोहरु
तिमी आउने प्रतिक्षामा
लामो समय देखि
फुर्सद मिलाएर बसिरहेका छन्,
गुलाफी रङका फूलहरु
गालामा लपक्कै फुलाउदै
रोदी र सेलोमा
तिमीसँगै नाच्न तरुनीहरु
तम्तयार बसिरहेका छन्,
श्रद्धा र भक्तिका साथ
थकानहरुलाई विश्वाम गर्दै
टाढा टाढा सम्मा
तिमी आउने बाटो हेर्दै छन्
गोठाला र किसानहरु,
तिमीसँगै लुकामारी खेल्दै
दोहोरीमा टुक्का हान्न
भाका कुरीरहेछन्
सुदुरपश्चिमहरु,
काठमाडौंको त कुरै नगर
पंख उम्रेको
जवानी जस्तै
हतार हतार पेन्ट गरेर
फ्लेक्स बोर्ड टासेर
बिरुवा फूल रोपेर
तिमी आउने बाटोहरुमा
कृत्रिमताहरु पस्किरहेछ।
आशा छ !
यो भ्रमणले
नेपाल र चीनको
हिमाल वारीपारिको यो
मित्रतालाई नौलो उचाईमा पुर्याउन सक्नेछ,
हाम्रा विकासका एजेण्डाहरु
कनेक्टिभिटी नेटवर्क
विद्युत केन्द्र, विमानस्थल, बन्दरगाह
निर्माणमा महत्वपूर्ण साझेदारी रहनेछ,
व्यापार लगानी,पुनर्निर्माण,पर्यटन र उर्जामा
चीनको योगदान रहनेछ,
राष्ट्रीय सार्वभौमिकता,स्वतन्त्रता
र देशको अखण्डताको रक्षा गर्न पाईनेछ,
हामी बीचको
धार्मिक र सांस्कृतिक आदान प्रदान
प्रतिक बन्नेछ,
नेपाल पर्यटन वर्ष २०२० मा
मनग्य सहयोग मिल्नेछ,
नेपाल र चीनको द्विपक्षीय सम्बन्धको
नौलो खाका बन्नेछ
मित्रता गहिरिदै जानेछ
भाईचारा बढ्दै बढ्दै जानेछ१
शुभकामना सहित,
चीनका महामहिम राष्ट्रपति
सी चिनफिङ
तिमीलाई स्वागत छ नेपालमा।



लाेकपाटी न्यूज

