सिन्धुपाल्चोक, २४ असोज। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ।
इन्द्रावती गाउँपालिका ९को सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नं को बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका पचासभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।
पाँच जनाको सनाखत
सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती ९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही गाउँपालिकाका १० का रितेश आचार्य रहेका छन्।
घाइतेको नामावली






लाेकपाटी न्यूज
