एजेन्सी। अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि मिसाइल रक्षा प्रणालीले सुसज्जित बोइङ ७७७ विमान हुनेछ। पहिलो पटक एयर इन्डियाका पाइलटले प्रधानमन्त्रीको ‘एयर इन्डिया वन’ विमान उडाउने छैनन्। यो जहाज वायुसेना पाइलटले उडाउने छन्। यसको लागि लगभग १० पाइलटलाई तालिम दिइनेछ ।
राष्ट्रपति, उप–राष्ट्रपति र प्रधानमन्त्रीका लागि २ नयाँ बोइङ ७७७ एयरक्राफ्ट आउनेछन् जसले सन् २०२० को जुलाईदेखि उडान भर्दैछ। यी नयाँ बोइङको हेरचाह एयर इन्डिया इन्जिनियरिङ सर्भिस लिमिटेड (एआईईएसएल) ले गर्नेछ। यो एयर इन्डियाको सहायक कम्पनी हो
अहिलेसम्म राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि एयर इन्डियाको बोइङ ७४७ विमान प्रयोग हुँदै आएको थियो। यस विमानलाई एयर इन्डिया वान भनिन्थ्यो। भारतीय उच्च अधिकारीका लागि एयर इन्डियाका पाइलटले नै बोइङ ७४७ विमान उडाउँदै आएका थिए र एआईईएसएले यसको रेखदेख गर्दै आएको थियो।
आगामी वर्ष पाइन्छ बोइङ ७७७
एक वरिष्ठ अधिकृतका अनुसार भारतले अर्को वर्ष अमेरिकाबाट दुईवटा ७७७ प्राप्त गर्नेछ। यसलाई एयर इन्डिया वान भनिनेछ। यो विमानलाई भारतीय वायुसेनाका पाइलटले उडाउनेछन्। यी विमानहरू राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि प्रयोग हुने छन्।
अधिकारीका अनुसार भारतीय तत्काल वायुसेनाका ४–६ पाइलटलाई एयर इन्डियाले बोइङ ७७७ को तालिम दिनेछ। बाँकी पाइलटलाई पनि चाँडै तालिम उपलब्ध गराइनेछ।
बोइङ ७७७ मिसाइलले सुसज्जित हुनेछ
बोइङ ७७७ अत्याधुनिक स्टेट अफ द आर्ट मिसाइल डिफेन्स सिस्टमले मिसाइल रक्षा प्रणालीले सुसज्जित हुनेछ।यस वर्षको फेब्रअरी महिनामा भारतलाई १९० मिलियन अमेरिकी डलर मूल्य बराबरको दुईवटा रक्षा प्रणाली भारतलाई दिन अमेरिका सहमत भएको थियो।



लाेकपाटी न्यूज

