श्रीमानले प्रेसर कुकरले हान्दा भट्टराई घाइते

kutpit pic
लाेकपाटी न्यूज

काठमाडौं, १६ असोज। श्रीमानले श्रीमतिलाई प्रसर कुकरले हान्दा श्रीमति घाइते भएकी छिन्। विराटनगर महानगरपालिका १ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्टराईले प्रेसर कुकरले हानेर श्रीमती ५३ वर्षीय मञ्जु भट्टराई घाइते भएकी हुन्।

सामान्य घरसायी विवादमा आज श्रीमानले श्रीमतीलाई कुकरले हानेका थिए। घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ। श्रीमतीलाई कुकरले हानेर फरार बाबुरामकोे खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्