फट्याङ्ग्राहरूले लात्ती हान्न खोजे : महासचिव पौडेल

bishnu-poudel
लाेकपाटी न्यूज

बुटवल, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले फट्याङ्ग्राहरू उफ्रेर लात्ती हान्ने कोसिस गरेको बताएका छन्।

नेकपा बुटवल नगर कमिटीले बुटवलमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले यस्तो बताएका हुन्। फट्याङ्ग्राहरू उफ्रिँदैमा व्यवस्था परिर्वतन नहुने बताए। फट्याङ्ग्राहरू उफ्रेर गालामा लात्ती हान्ने कोसिस गरेको बताए।

गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता राजा महाराजाले उपहार दिएर आएको होइन भन्दै उनले भने, ‘फट्याङ्ग्राहरू उफ्रिँदैमा अहिलेको व्यवस्था परिर्वतन सम्भव छैन, यो जनताको संघर्षबाट स्थापना भएको व्यवस्था हो।’ उनले सरकार पार्टीले निर्वाचनका क्रममा गरेका प्रतिवद्धताहरू पूरा गर्दै अगाडि बढेको दाबी समेत गरे।