काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।
बालुवाटार स्रोतका अनुसार उनलाई शुक्रबारदेखि रुघाखोकीले सताएको थियो । स्वास्थ्य अवस्थाकै कारण उनी नेकपाले आयोजना गरेको चियापानमा सहभागी भएका थिएनन् । अहिले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको बालुवाटार स्रोतले जनाएको छ ।
चिकित्सकले आराम गर्न सुझाएपछि बालुवाटारमै उनी आराम गरिरहेका छन् । स्वास्थ्यमा सुधार आएसँगै उनले आजै दिउँसो साढे तीन बजे क्याबिनेट बैठक बोलाएका छन् ।



लाेकपाटी न्यूज

