काठमाडौं, १४ असोज। भारतसँग सीमा जोडिएका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्। यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै सीमाना बन्द गर्न लागिएको हो।
असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि नेपाल–भारत सीमाना बन्द हुने बैतडीका प्रमूख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनका लागि अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने उनले बताए।
दशैंमा सीमा नाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ। आकस्मिक रुपमा निर्वाचनको बीचमा पुल खोल्नु परेमा आपसी समझदारीमा खोल्न सकिने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ।
यस्तै दोस्रो चरणअन्तर्गत दार्चुलाको सीमापारी रहेको धार्चुलामा पनि निर्वाचन हुने भएकाले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म धार्चुला नाका पनि बन्द हुने जनाइएको छ।



लाेकपाटी न्यूज

