‘असाेज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र घाेषणा गर्छौं’ (विज्ञप्तिसहित)

लाेकपाटी न्यूज

काठमाडौं, १० असोज। नेपाल सरकारले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको छ। खानेपानी तथा सरसफाइ मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएको हो।

असोज १३ गते सम्माननीय प्रधानमन्त्रीको प्रमूख आतिथ्यतामा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट २०६८ मा लोकार्पण भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त घोषणा कार्यक्रमले व्यापकता पाएको थियो। यो कार्यक्रम ल्याएपछि नेपालको कास्की जिल्लालाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो।

यही क्रमलाई पछ्याउँदै खाने पानी मन्त्री बीना मगरको नेतृत्वमा अहिले ७७ वटै जिल्ला खुला दिसामुक्त भइसकेको सन्दर्भ पारेर नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको हो। साे कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयाेजना हुने मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्