धनुषा, १० असोज । जनकपुर उपमहानगरपालिका ८ स्थित रत्नसागर पोखरीमा बिहीबार दिउँसो सोही उपमहानगरपालिका ९ पिडारीचोक बस्ने ओखलढुंगा सुनकोशी गाउँपालिका १ बल्खुका ४५ वर्षीय राजकुमार राई डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन्।
यस्तै, राजपुर नगरपालिका ५ बस्ने लखिन्द्र शाहकी ७ वर्षीया छोरी प्रीयान्सु कुमारी शाह सोही स्थानस्थित विद्यालयको प्राङ्गणमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार बेलुका फेला परेकी छन्।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज
