अवैध लागूऔषधसहित तीन जना पक्राउ

pakrau
लाेकपाटी न्यूज

काठमाडौं, १० असोज। काठमाडौं महानगरपालिका १२ टेकुस्थित सडक किनाराबाट अवैध लागूऔषध चरेश १ केजी ३ सय ग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका १ ठेगाना भएका १९ वर्षीय रामबहादुर मिजार, रामेछाप काँडादेवी गाउँपालिका ७ ठेगाना भएका १९ वर्षीय प्रज्वलराज श्रेष्ठ र नुवाकोट म्यागम गाउँपालिका ६ ठेगाना भएका ३१ वर्षीय आस्मा लामा रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
सर्लाही, बस बरिया गाउँपालिका २ मानपुरबाट बा.३७ प ३००१ नम्बरको मोटरसाइकल चालक बरहथवा नगरपालिका १० सितापुर बस्ने २८ वर्षीय राजन राउतलाई अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय मानपुरबाट खटिएको प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्