अस्पतालमा सर्पले टोकेका बिरामीको भीड

snake
लाेकपाटी न्यूज

रौतहट, १० असोज। जिल्लाको उत्तरी भेगमा सर्पको टोकाईबाट स्वास्थ्य संस्थामा उपचार गर्न आउनेहरुको संख्या बढ्दै गएको छ। गत बैशाख महिनादेखि असोजको दोश्रो सातासम्म चन्द्र निगाहपुर अस्पतालसम्म सर्पको टोकाइको उपचार गराउन आउनेको संख्यामा कमि आउन नसक्दा यो संख्या बढेको हो।

जिल्लाको उत्तरी भेगको एकमात्र सरकारी अस्पताल चन्द्रनिगापुर अस्पतालमा अहिले दैनिकरुपमा आठदेखि १० जनासम्म सर्पको टोकाईबाट उपचार गराउन यस क्षेत्रका विरामी आउने गरेको चन्द्रनिगाहपुर अस्पताल प्रसासनले जनाएको छ। बैशाख–जेठमा गर्मीका कारण सर्प बढि देखिने हो।

तर मौसममा भएको प्रतिकुलताका कारण असोज महिनासम्म सर्पले टोकका विरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। जंगल जाँदा र घर तथा खेतबारीमा काम गर्न जाँदा सर्पले डसेपछि यहाँको सरकारी अस्पतालमा उपचार गराउन आउनेको भिड लाग्ने गरेको छ ।गत बिहिबारमात्रै १० जनालाई सर्पले टोकका विरामीको उपचार गराईको चन्द्रनिगाहपुर अस्पतालका मेडिकल अधिकृत अभिषेक श्रीवास्तवले बताए।

अस्पतालमा सर्पले टोकेका विरामीको चाप बढेसँगै विरामीलाई सहयोग गर्न जाने कुरुवालाई बस्ने र आराम गर्ने ठाउँसमेतको अभावमा कोचाकोच हुने गरेको छ। बिरामी भन्दा पनि कुरुवालाई बस्ने ठाउँको समस्या देखिएको सर्पको टोकाईबाट उपचाररत चन्द्रनिगाहपुर वडानम्वर चारका प्रदिप तिमलसिनाले बताए।

उनलाई बिहीबार बिहान घर नजिकैको जंगलमा च्याउ लिन जाँदा विषालु हरेउ सर्पले टोकपछि उपचार गर्न यहाँ आएका हुन्।उनीसँगै गुजरा, बृन्दावन, गढिमाई र चन्द्रपुर नगरका विभिन्न वडाका ८ जना सर्पले टोकेका बिरामीको उपचार गरिएको छ।

बढिजसो सर्पले टोक्ने बिरामीहरु खेतवारीमा काम गर्ने,घाँसदाउरा गर्ने र ग्रामिण भेगका काठ तथा दाउरामा काम गर्नेलाई सर्पले टोक्ने गरेको पाईएको चिकित्सक श्रीवास्तवले बताए। उनका अनुसार, सबै बिरामी शंकाको आधारमा सर्पले टोकेर आएको भन्ने गरेपनि निश्चित समयको निगरानी पछि संकेत र लक्षणका आधारमा मात्र औषधी चलाउने र नचालउन भन्ने निर्धारण हुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्