कसरी हुँदैछ गरीब घर परिवारको पहिचान ? (निर्देशिकासहित)

लाेकपाटी न्यूज

काठमाडौं, ९ असोज। गरीब परिवार पहिचानको लागि आवश्यक तथ्यांक संकलन तथा विश्लेषण गर्ने र गरीब परिवारको रुपमा पहिचान भएका परिवारलाई सो को परिचत्रपत्र वितरण गर्न सरकारले गरीब परिवार पहिचान तथा परिचयपत्र वितरणसम्बन्धि निर्देशिका जारी गरेको छ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ बमोजिम नेपाल सरकारले उक्त निर्देशिका जारी गरेको हो।

गरीब परिवार कसरी परिवार पहिचान गर्ने भन्ने सम्बन्धमा प्रश्नावली तयार गर्ने विधिलाई निर्देशिकाले महत्व दिएको पाइन्छ। जसअन्तर्गत तथ्यांक संकलनको लागि खटाइएका गणकले मन्त्रालयबाट स्वीकृत प्राविधिक समितिले तयार पारेको प्रश्नावलीका आधारमा सोधपुछ गर्नुपर्ने छ।

सोधपुछका क्रममा सबैभन्दा कम सेवा सुविधा भएको घर परिवारलाई सबैभन्दा बढी अंक प्रदान गरिने र प्राप्त अंकका आधारमा अति गरीब, मध्यम गरीब र सामान्य गरीब गरी तीन भागमा गरीब परिवारको वर्गीकरण गरिने निर्देशिकामा उल्लेख छ।

त्यस्तै, निर्देशिकामा गरीब परवार परिचयपत्र पाउने उद्देश्यले कसैले पनि झुट्टा सूचना, तथ्य वा जानकारी दिन नहुने र यदि दिएमा कानून बमोजिम कारवाही हुने व्यवस्था समेत उल्लेख गरिएको छ।

गरीब परिवार पहिचान जनसांख्यिक वा मानवीय अवस्था, परिवारका सदस्यको रोजगारीको अवस्था, आम्दानीको श्रोत, बसोबासको भौतिक अवस्था, घरायसी सम्पत्ति, भौगोलिक क्षेत्र, जग्गा जमिनको अवस्थालगायतका ९ वटा सूचकका आधारमा गर्नु पर्ने कुरा जारी निर्देशिकामा उल्लेख गरिएको छ।

ती सूचकका आधारमा कुनै पनि घर परिवारले प्राप्त गरेकाे अंककाे मूल्यांकनका आधारमा गरीब परिवारको वर्गीकरण गरी सोहीबमोजिम गरीब परिवार परिचयपत्र वितरण गरिने निर्देशिकामा उल्लेख गरिएको छ।

विस्तृतमा बुझ्नकाे लागि निर्देशिका पढ्नुस्ः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्