१४ वर्षीया बालिकाको पेटमा ६५ वर्षीय वृद्धको गर्भ रहेपछि…

Rape-01
लाेकपाटी न्यूज

नवलपुर, ९ असोज । कावासोतीमा एक वृद्धले बालिकालाई बलात्कार गरेको खुलेको छ। चितवनको भरतपुर महानगरपालिका १६ घर भई हाल कावासोती नगरपालिका १३ मा बस्दै आएका ६५ वर्षीय टेकबहादुर घलेले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

घलेलाई म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। बालिकाको पेटमा ७ महिनाको गर्भ रहेकोसमेत खुलेको छ।

बालिका बिरामी भएर उपचारका अस्पताल लैजाँदा घटना बाहिरिएको हो। बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय नवलपुरमा दोषीमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्