ट्रम्पले परराष्ट्रमन्त्री ज्ञवालीसँग सोधे- के छ नेपालको खबर ?

trump n gyawali
लाेकपाटी न्यूज

काठमाडौं, ९ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्। राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन्।

रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन्।

रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो, मैले अलिकति अवस्था बताए, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पररहेको सुनाउनुभयो ।’ यो समाचार अन्नपूर्ण पोष्ट्मा अनिल अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्