इण्डोनेसियाको पपुवा क्षेत्र तनावग्रस्त, २० जनाको मृत्यु

merlin
लाेकपाटी न्यूज

एजेन्सी। इण्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा भड्किएको हिंसाका कारण कम्तीमा २० जनाको ज्यान गएको  अधिकारीहरूले बताएका छन्। घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन्।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो। ‘मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ’ पपुवाका सैन्य प्रवक्ता एको दारियान्तोले बताए।

घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ। भवनहरूको आगो निभाइ सकिए पनि भवनका सबै तलामा उद्धार टोली पुगि नसकेकोले मृतकको सङ्ख्या थप बढ्न सक्ने सैन्य प्रवक्ता दरियन्ताले बताए।