काठमाडौं, ७ असोज। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन्। सोमबार दिउँसो उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
तर यस विषयमा प्रहरीले प्रहरीले खुलाउन नचाहेको भए पनि पक्राउ परेको पुष्टि गरेको छ। विप्लव नेकपाका उपत्यका इञ्चार्जमा माइलामा लामा रहेका बेला नविन ललितपुर इञ्चार्ज थिए।
माइला लामा पक्राउ परेपछि नविनलाई उपत्यका इञ्चार्ज बनाइएको थियो। नविनसँग केही महत्वपूर्ण कागजात फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ।



लाेकपाटी न्यूज

