काठमाडौं, ६ असाेज । विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे र शिव थापा भिड्ने भएका छन् । अध्यक्षको लागि दुबैले उम्मेदवारी दिएका हुन् ।
पाण्डे विवेकशीलका प्रवक्ता हुन् भने थापा प्रदेश ५ संयोजक हुन्। अध्यक्षका दावेदारका रुपमा हेरिएकी रञ्जु दशर्नाले भने उम्मेदवारी नै नदिएको एक नेताले बताएका छन् ।
उपाध्यक्षमा अजिता राईको मात्र उम्मेदवारी परेको छ भने महासचिवमा कर्मा लामा र निर्देश सिलवालको उम्मेद्वारी परेको छ ।
वर्तमान अध्यक्ष उज्ज्जल थापाले फेरि अध्यक्ष नहुने यसअघि नै घोषणा गरेका थिए । विवेकशीलको राष्ट्रिय सम्मेलन कात्तिक १ र २ मा हुनेछ जनाइएकाे छ।



लाेकपाटी न्यूज

