म्याग्दीको कोतखोलामा बाढी, दुई बेपत्ता

dubnu
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

म्याग्दी, ५ असोज। म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोत खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्।

गएराति आएको बाढीमा परी स्थानीय १० वर्षीय शर्मीला परियार र ६ वर्षीय अनिष्का परियार बेपत्ता भएको प्रहरीे जनाएको छ।

कोतखोलामा आएको बाढीले बुद्ध एकेडमीको पाँचवटा भवन पूर्णरुपमा क्षति पुगेको छ। त्यस्तै स्थानीय माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेत परियारको घरमा क्षति पुगेको म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।

अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र स्थानीयले उद्दार कार्य जारी राखेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए। बाढीमा बेपत्ता भएका दुई जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्