काठमाडाैं, ३ असाेज। संविधान दिवसकै दिन कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। दाङको लमहीमा शुक्रबार कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुको परिचय नखुलाइएको भए पनि उनीहरु थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको बुझिएको छ।
वडा प्रहरी कार्यालय लमहीका प्रमूख प्रज्वल थपलियाले ६ जनालाई पक्राउ गरेको पुष्टि गरे। उनले पक्राउ परेका ६ जनामाथि नै अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।



लाेकपाटी न्यूज
