रामजानकी मन्दिरमा बम राखेकाे हल्लापछि सुरक्षा व्यवस्था कडा पारियाे

लाेकपाटी न्यूज

जनकपुरधाम, ३ असाेज। धनुषाको जनकपुरस्थित रहेकाे प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको हाे।

जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार मध्याह्न करिब १२ बजेतिर मन्दिर क्षेत्रमा बम राखेको ‘सूचना’ आएको थियो । सूचना आएसँगै प्रहरीले अहिले मन्दिरसहित वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

बम राखेको सूचना आए पनि बम भने फेला पर्न नसकेको धुनषा प्रहरी स्रोतले जानकारी दियो । प्रहरीले रामजानकी मन्दिरमा बम राखेको विषयमा औपचारिक रुपमा भने कुनै जानकारी दिन मानेको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्