विस्तृत शान्ति सम्झाैताकाे पूर्णपाठ

girija-and-prachanda-peace-agreement
लाेकपाटी न्यूज

काठमाडौं। २०६३ साल मंसीर ५ गते नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो। उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गीरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) को तर्फबाट प्रचण्डले हस्ताक्षर गरेका थिए। त्यही सम्झौता नेपाली इतिहासको यस्तो कोशेढुंगा बन्यो, जसले ११ वर्ष लामो सशस्त्र युद्धको अन्त्य भयो।

विस्तृत शान्ति सम्झौताकै जगमा २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान, २०६३ जारी भयो। उक्त संविधान संविधान सभाको निर्वाचनमार्फत् जनताका प्रतिनिधिहरुले संविधान बनाउने लक्ष्यको व्यवस्थापनका लागि अघि सारिएको थियो। उक्त संविधानले एक दशक लामो सशस्त्र द्वन्दको अन्त्य मात्रै गरेन, आर्थिक सामाजिक रुपान्तरणका मुद्दालाई पनि राज्यले संवैधानिक रुपमै आत्मसाथ गर्‍यो।

अन्तरिम संविधानले विस्तृत शान्ति सम्झौतालाई संविधानको प्रमूख अंगका रुपमा स्वीकार गर्‍यो। अन्तरिम संविधानको अनुसूचि–४ मा विस्तृत शान्ति सम्झौतालाई जस्तोको तस्तै पूर्णपाठका रुपमा समावेश गर्‍यो। यसरी हेर्दा शान्ति सम्झौतालाई संविधानको प्रमूख भागका रुपमा लिन सकिन्छ।

दशक लामो द्वन्दको शान्तिपूर्ण रुपान्तरण र आर्थिक सामाजिक रुपान्तरणका गरुत्वपूर्ण मुद्दा सम्वोधन गर्ने शान्ति सम्झौतामा के थियो ? पाठकहरुको रुचिलाई ध्यानमा राखी हामीले विस्तृत शान्ति सम्झौताको पूर्णपाठ प्रकाशित गरेका छौं–सम्पादक।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्