संविधान संशोधनको लागि दसैं-तिहारसम्म कुर्छौः डा. बाबुराम भट्टराई

Baburam-Bhattarai-2
लाेकपाटी न्यूज

काठमाडौं, २ असोज। समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधनको लागि दशैं-तिहारसम्म मात्र कुर्ने बताएका छन्। आज पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले दशैं-तिहारसम्म संविधान संशोधनको प्रतिबद्धता नजनाए सरकारबाट बाहिरिने चेतावनी दिए।

‘संविधान संसोधनका लागि केही समय कुर्छौं। दसैं र तिहारसम्म कुरेपछि पनि संविधान संशोधन नभए सरकारबाट बाहिरिन्छौं,’ उनले भने। सरकारमा बसेर संविधान संशोधन सम्भव नभएपछि सरकारबाट बाहिरिएर आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत उनले दिए।

नागरिकता वितरणको प्रसङ्गमा अनावश्यक कडाइ गरेकोमा उनको आपत्ति थियो। नागरिकता वितरणलाई खुकुलो पार्नुपर्ने बताउँदै उनले थपे, ‘कडिकडाउ गर्न जरुरी छैन।’