चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

Annfsu student akhil flag
लाेकपाटी न्यूज

काठमाडाैं, १ असाेज। पछिल्लाे समय चिकित्सा शिक्षाका क्षेत्रमा बढ्दै गएका विकृति, विसंगती र बेथितिका विरुद्धमा अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण भएकाे छ।

आज एक विज्ञप्ति जारी गर्दै संगठनले मापदण्ड विपरित चर्काे शूल्क अशुल्ने मेडिकल कलेजहरुमा विद्यार्थीहरुले गर्दै आएका आन्दाेलन र संघर्षका कार्यक्रमहरु प्रति ऐक्यबद्धता रहेकाे भन्दै मेडिकल कलेजहरुलाई त्यस्ताे नगर्न ध्यानाकर्षण गराएकाे हाे।

विज्ञप्तिमा भनिएकाे छ, ‘विगत केही दिनदेखि निर्धारित मापदण्ड भन्दा बढी शूल्क असुलीका विरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिकाे नाममा स्वतन्त्र विद्यार्थी युनियन महाराजगञ्ज मेडिकल कलेजकाे नेतृत्वमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरुले चलाएकाे आन्दाेलन प्रति हाम्राे संगठनकाे ऐक्यबद्धता रहेकाे कुरा स्पष्ट गर्न चाहन्छाैं।’

विज्ञप्तिः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्