जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सांंसद मैनालीको आर्थिक सहयोग

nepal
लाेकपाटी न्यूज

काठमाडौं, १ असोज । नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वा्चित प्रदेश सासंद बद्री मैनालीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेका छन्।

सांसद मैनालीले लिखु गाउँपालिका वडा नं. ६ मा रहेको नेबुला स्कूलमा अध्यनरत छात्र छात्रालाई निशुल्क अध्यापन गराउनको लागि आफुले पाउने संसद सुविधाबाट पचाँस हजारको चेक प्रदान गरेका हुन्। सांसद मैनाली उक्त चेक विद्यालय संचालक अर्जुन लामिछानेलाई हस्तान्तरण गरे।

समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले थानसिंग आपचौरकी ११६ वर्षीय बृद्धा बाटुली लामिछानेलाइ मासिक ५ हजार रूपैयाँ दिदै आएका छन्। लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा गरेका थिए।

गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन्। त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि २५ हजार रुपैँया आर्थिक सहयोग गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्