१७ वर्षपछि पदम कुमारी हत्याका अभियुक्त सुनार पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

काठमाडौं, १ असोज। एक ७० वर्षीय महिलाको हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्। नुवाकोटको तत्कालीन ककनी गाविस ७ (हाल ककगनी गाउँपालिका ५) सिम्लेमा  सिम्लेकी ७० वर्षीया पदम कुमारी गुरुङको हत्यामा संलग्न भएको आरोपमा सोही गाउँका भरत सुनार (हाल ५९ वर्षीय) पक्राउ परेका हुन्।

२० माघ २०५९ मा सिम्लेकै लालबहादुर तामाङका छोराको छेवर (तामाङ समुदायमा छोराको चूडाकर्म संस्कार) थियो। छेवरपछि आयोजित नाचगानका क्रममा पदम कुमारी र भरतबीच सामान्य विवाद भएको थियो। वरपछिको नाचगान सकिएपछि घर हिँडेकी पदम कुमारीको दोस्रो दिन (माघ २१ गते) लालबहादुरकै मकै बारीमा स्थानीयहरुले निवस्त्र अवस्थामा शव फेला पारेका थिए ।

प्रहरीका अनुसार पदम कुमारीको शवसँगै खैरो रंगको छालाको पेटी (पुरुषले लगाउने) तथा हातमा लगाउने नाडी घडी समेत फेला परेको थियो। अनुसन्धानका क्रममा उक्त पेटी र घडी भरतको भएको फेला प¥यो। तर, भरत भने घटना भएकै रातिदेखि फरार थिए। लामो समय भारतमा रहेका भरत पछिल्लो समय चितवनमा रहेको सूचनाका आधारमा परिचालन भएको सीआईबीको टोलीले उनलाई मंगलबार (भदौ ३१ गते) पक्राउ गरेको हो ।

पक्राउ परेका भरतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटको जिम्मा लगाइएको सीआईबीका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले भरतलाई चितवनबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्