नेपालमा लगानी र प्रतिफलको वातावरण बनेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

Pradeep_gyawali
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदौ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको बताएका छन्।परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका हुन्।

मन्त्री ज्ञवालीले भने, ‘भारत र चीन जस्ता ठूला देशहरुको बीचमा नेपाल छ। नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत पनि हो। त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।’

नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर नाफा कमाउन सकिने मन्त्री ज्ञवालीले बताए। नेपालमा राजनीतिक स्थिरता भएकाले लगानी र प्रतिफलको वातावरण बनेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्