काठमाडौं, ३१ भदौ। मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण आज मुलुकभर सामान्यदेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकामा बिहानैदेखि झरी परेको छ। यो क्रम दिउँसोसम्म जारी रहने महाशाखाले जनाएको छ।देशभरी सामान्य बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङ सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
मध्य तथा पूर्वी भु–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



लाेकपाटी न्यूज
