उत्तर कोरियालाई लगानी फिर्ता लैजान नेपाल सरकारको निर्देशन

kim jon NORTH KOREA
लाेकपाटी न्यूज

काठमाडाैं, ३० भदाै। नेपाल सरकारले उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको छ। संयुक्त राष्ट्र सङ्घ (युएन)ले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल सरकारले उत्तर कोरियालाई नेपालमा गरेको लगानी फिर्ता लैजान निर्देशन दिएको उद्योग विभागका निर्देशक प्रेम प्रसाद लुइँटेलले जानकारी दिए।

निर्देशक लुइँटेलका अनुसार लगानी फिर्ता लैजान परराष्ट्र मन्त्रालयले अक्टुबर सम्मको समय दिएको छ। उत्तर कोरियाले नेपालमा ९ वटा उद्योगमा लगानी गरेको छ। ती उद्योग सफ्टवेयर निर्माण, होटल, रेष्टुरेन्ट र अस्पतालसँग सम्बन्धित छन्।

प्रत्येक उद्योगमा करिब ५ देखि ७ लाख पूँजी रहेको विभागले जानकारी दिएको छ। सो पूँजीमा पनि नेपाली लगानीको हिस्सा समेत रहेको विभागले जनाएको छ।

विभागले असोज महिनादेखि नै उत्तर कोरियालीलाई भिसा नथपेको जानकारी दिएकाे छ। यो सँगै उत्तर कोरियाली नागरिकका लागि नेपालमा लगानीको बाटो बन्द भएको छ। अब उत्तर कोरियाली नागरिकले नयाँ उद्योगका लागि निवेदन दिन नपाउने भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्