काठमाडौं, ३० भदौ। प्रतिनिधि सभाको बैठकमा प्रमूख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदबीच चर्काचर्की परेको छ। बाँके घटनालाई लिएर सोमबारको प्रतिनिधि सभाको बैठकमा चर्काचर्की परेको हो।
काँग्रेस सचेतक पुष्पा भुसालले बाँके घटनाको बारेमा आफ्नो धारणा राखे लगत्तै नेकपाका सांसद नन्द रोकायले नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लको कुनै संलग्नता नरहेको भनेपछि काँग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए।
रोकायले काँग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको र काँग्रेस बाँके जिल्ला सभापतिमाथि कुनै आक्रमण नभएको दाबी गरेका थिए। रोकायले कांग्रेस आन्दोलनमा उत्रिए नेकपा पनि आन्दोलनमा उत्रिन तयार रहेको भनेपछि काँग्रेस सांसदहरु बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन्। अहिले काँग्रेसल बेल घेराउ गरिरहेको छ ।



लाेकपाटी न्यूज

