मुक्तिनाथ जाँदै गरेको बस दुर्घटना, २७ यात्रु घाइते

Accidents
लाेकपाटी न्यूज

तनहुँ, ३० भदौ। तनहुँको व्यास नगरपालिका १२ कमलाबारीमा यात्रु बस दुर्घटनामा परेको छ। सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।

मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

दुर्घटनामा घाइतेमध्ये १२ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बाँकी सबै डिस्चार्ज भइसकेका छन्। घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्