भूपरिवेष्टित देशका लागि बीआरआई महत्वपूर्ण छः चन्द्र ढकाल

Chandra Dhakal
लाेकपाटी न्यूज

काठमाडौँ, २९ भदौ। नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट सरकारले धेरै लाभ लिने गरी आयोजना निर्माण गर्नु पर्ने बताएका छन्।

नेकपा निकट नेपाल बुद्धिजीवी सङ्गठनले आज काठमाडौँमा आयोजना गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विषयक विचार गोष्ठीमा उनले सो कुरा बताएका हुन्।

उनले भने, ‘बीआरआई बृहत् र महत्त्वाकाङ्क्षी आयोजना हो। यसबाट नेपालले धेरै लाभ लिन सक्छ। नेपालले राष्ट्रिय लाभ लिने गरी आयोजना निर्माण गर्नुपर्छ। नेताहरूको दूरदर्शी नेतृत्वमा भर पर्छ।’

बीआरआईले कनेक्टिभिटीलाई प्राथमिकता दिएकोले यसबाट नेपालले आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ। उनले कनेक्टिभिटीपछि नेपालमा पर्यटन क्षेत्रको विकासमा सहज हुने बताए।

उनले भने, ‘बीआरआईले बहुआयामिक सञ्जाललाई जोडेको छ। हाम्रो जस्तो भूपरिवेष्टित देशको लागि यसले फाइदा गर्छ। कनेक्टिभिटीका रूपमा पर्यटन क्षेत्रको पनि विकास हुनसक्छ। हामीले पर्यटकलाई मात्र भित्र्याउन सके मात्र पनि नेपालको समृद्धि हुन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्